चितवन-२ : एमाले उम्मेदवारलाई पछि पार्दै रवि लामिछानेको अग्रता
२०८२ फागुन २२ गते

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणाम अनुसार चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । मतगणनाको सुरुवातमा अग्रता लिइरहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पहिलो स्थानमा उक्लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार लामिछानेले १,१५८ मत प्राप्त गर्दै आफ्नो अग्रता सुरक्षित गरेका छन् । सुरुवाती चरणमा अगाडि देखिएका एमालेका घिमिरे भने ९०८ मतका साथ दोस्रो स्थानमा झरेका छन् ।
त्यसैगरी, यस क्षेत्रमा अन्य दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा देखिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका प्रताप गुरुङले अहिलेसम्म ७७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल ५३१ मतका साथ चौथो स्थानमा छिन् ।
२०८२ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








