समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत छः गृहमन्त्री

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गरेका छन् ।

गृह मन्त्रालयले पूर्वसूचनाको आधारमा रोकथामका उपायहरू अपनाएका कारण सुरक्षा चुनौतीहरू समाधान भएको उनले बताएका हुन् ।

बिहीबार उनले सुरक्षा निकायले सम्भावित चुनौतीहरूलाई रोकथामकै चरणमा पहिचान गरेर समाधान गरेको बताए । केही छिटफुट रूपमा प्रकट भएका घटनाहरूलाई पनि तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रियामा लगेको बताए । सुरक्षा व्यवस्थापनमा जनताको उल्लेख्य सहयोग रहेको बताउँदै उहाँले जनतालाई सहयोग गर्ने वातावरण तयार पार्न सरकारले विशेष पहल गरेको स्पष्ट पारे ।

गृह मन्त्रालयले आफ्नो कार्यशैली र पद्धतिमा व्यापक सुधार गरेको बताउँदै मन्त्री अर्यालले अहिलेको संयन्त्र बढी समन्वयात्मक र सामूहिक नेतृत्वमा आधारित रहेको उल्लेख गरे ।

उनले भने ‘पूर्व सूचनाहरू जे जति हामीले विगतको अनुभवबाट थाहा थियो र पछि पनि घटनाक्रम विकास हुँदै जाँदाखेरि जे जस्ता कुराहरू थिए, तिनीहरूको हामीले पूर्व सूचनाबाटै सुरुको चरणमा रोकथामकै चरणमा हामीले धेरै त्यसमा समय दियौँ, त्यसमा धेरै हामीले समन्वय गर्यौँ,धेरै पहल गर्यौँ । त्यसकारणले यी चुनौतीहरू सुरक्षा चुनौतीहरू हामीले रोकथामकै चरणमा पहिचान गरेर त्यतिखेरै समाधान गर्यौँ र केही मात्रै छिटफुट जो प्रकट भएका थिए, तिनीहरूलाई पनि हामीले नियन्त्रणमा ल्याएर कानुनी कारबाहीको प्रक्रियामा पनि लग्यौँ । त्यो कारणले गर्दाखेरि सुरक्षा अवस्था सुरुदेखि नै सुदृढ र मजबुत हुँदै गएको हो । जनताले पनि सहयोग गर्नुभयो तर जनताले सहयोग गर्ने अवस्था, त्यो खालको वातावरण तयार पार्ने काम हामीले गरेको हो । र अहिले हामीले काम गर्दाखेरि काम गर्ने हाम्रो शैली र कार्य पद्धति पनि पहिलाको भन्दा हामीले सुदृढ गरेका छौँ । हामी बढी समन्वयात्मक छौँ अहिले ।’

तल्लो तहका सफल अभ्यासहरूलाई अन्यत्र पनि लागू गर्दै कानुन र मापदण्डको पूर्ण पालना गराउन मन्त्रालय सफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =