दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो, मतदान जारी (अपडेट)

काठमाडौं । देशभर जारी मतदानमा बिहीबार दिउँसो ३ बजेसम्म करिब ७६ लाख मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा जारी रहेको छ ।

देशभर रहेका १० हजार ९६७ मतदान स्थलमध्ये अधिकांश स्थानमा मतदान नियमित रूपमा भइरहेको जनाइएको छ । केही स्थानमा छिटपुट प्राविधिक तथा व्यवस्थापकीय समस्या देखिए पनि मतदान प्रक्रिया अवरुद्ध नभएको आयोगले जनाएको छ ।

अहिलेसम्म कुल मतदातामध्ये करिब ४० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरिसकेको बताइएको छ । मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =