एमाले नेता पोखरेलद्वारा मतदान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उनले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए ।

उनले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गरे । उनी काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा एमालेबाट उम्मेदवारसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =