दिउँसो १ बजेसम्म मुगुमा ४२.९० प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

मुगुमा कूल ३६ हजार ३१ मतदाता छन् । जिल्लामा मतदानस्थल ६७ र मतदान केन्द्र ६९ रहेका छन् । कूल उम्मेदवार सात रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =