सुनसरीमा शान्तिपूर्ण रूपमा निर्वाचन जारी, मतदातामा उत्साह

काठमाडौँ । सुनसरी जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा आज बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

मतदाताहरू बिहान सबेरैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा सबै उमेर समूहका मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ ।

विशेषगरी युवा र पहिलो पटक मतदान गर्न लागेका मतदाताहरूमा छुट्टै उत्साह देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =