झापा ५ मा मतदान जारी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा ५ मा मतदान जारी छ ।

बिहीबार बिहानैदेखि झापा ५ का मतदाताहरू लाइनमा बसेर मत खसालिरहेका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भएसँगै अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको थियो ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आज देशभर सम्पन्न हुँदैछ ।

झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह लगायतका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =