स्याङ्जाको बालज्योति स्कुल बुथमा हस्ताक्षर नभएका मतपत्र, मतदान स्थगित

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत बालज्योति स्कुलस्थित मतदान केन्द्रमा मतपत्रमा हस्ताक्षर नभएको विषयलाई लिएर तनाव सिर्जना भएपछि मतदान स्थगित गरिएको छ ।

मतदानका क्रममा केही मतपत्रमा एकातिर मात्र हस्ताक्षर भएको र अर्कोतिर नभएको भेटिएपछि विवाद उत्पन्न भएको हो । सोही कारण उक्त मतदान केन्द्रमा तत्कालका लागि मतदान रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार हस्ताक्षर सम्बन्धी समस्या देखिएपछि घटनाबारे निर्वाचन कार्यालयलाई जानकारी गराइसकिएको छ ।

‘केही मतपत्रमा एकातिर हस्ताक्षर भएको र अर्कोतिर नभएको पाइयो । यसबारे निर्वाचन कार्यालयलाई जानकारी गराइसकेका छौँ,’ उनले मकालुखबरसँग भने, ‘निर्वाचन कार्यालयबाट आउने निर्देशनअनुसार बाँकी प्रक्रिया अघि बढाइनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =