झापा कारागारमा शतप्रतिशत मत खस्यो
२०८२ फागुन २१ गते

झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ । कार्यालय प्रमुख रेवन्त भट्टराईकाअनुसार १०१ पुरुष, ६ महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन् ।
मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो । सोही अनुसार नै मत खसेको उनले बताए । उनले मतपेटिका ‘सिल’ गरिसकिएको समेत जानकारी दिए ।
२०८२ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित









