झापा उडेको बालेन सवार हेलिकोप्टर काठमाडौंमै अवतरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई लिएर झापाका लागि उडेको हेलिकोप्टर केही समयमै काठमाडौं फर्काइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर ११ मिनेटमा उडेको हेलिकोप्टर बिहान १० बजेर ९ मिनेटमा उक्त हेलिकोप्टर पुनः काठमाडौंमै अवतरण गरेको हो ।

अप्रेसनल रिक्वायरमेन्टका कारण उक्त हेलिकोप्टर पुनः काठमाडौंमै फर्काइएको विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालले जानकारी दिए ।

बालेनले आज बिहान काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इङ्ग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । उनी काठमाडौं–२ का मतदाता हुन् । मतदान गरेपछि आफू उम्मेदवार रहेको झापा–५ क्षेत्रतर्फ प्रस्थान गर्न हेलिकोप्टरमार्फत उडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =