आज विशेष पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
२०८२ फागुन २० गते

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन निर्वाचन आयोगले आज २ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
आयोगका प्रवक्ता नारायण भट्टराईकाअनुसार मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको सन्देशसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ब्रिफिङ गर्न पत्रकार सम्मेलन राखिएको हो ।
बुधबार दिउँसो २ः ०० बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको प्रवक्ता भट्टराईले जनाएका छन् ।
२०८२ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








