रवि लामिछानेको फेसबुक पेज ह्याक प्रयासपछि गरियो ‘लक’

काठमाडौँ । रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनधिकृत पहुँचको प्रयास भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेको पेजमा बाह्य व्यक्तिहरूले पटक–पटक ह्याक गर्ने प्रयास गरेपछि मेटाले सुरक्षा कारण देखाउँदै एकाउन्ट तथा पेज ‘लक’ गरिदिएको हो ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार अनधिकृत पहुँचको बारम्बार प्रयास भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेज अस्थायी रूपमा लक गरिएको जानकारी प्राप्त भएको हो ।

हाल प्राविधिक टोलीले पेज पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइरहेको छ । पेज पूर्ण रूपमा सुरक्षित भई पुनः नियन्त्रणमा नआएसम्म उक्त पेजबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने लामिछानेको सचिवालयले जनाएको छ ।

सचिवालयले पेज लक भएको अवधिमा त्यहाँबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्क सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न तथा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेजलाई पुनः सक्रिय बनाउने प्रयास जारी रहेको जनाउँदै यस अवधिमा आधिकारिक जानकारीका लागि पार्टीको वेबसाइट वा अन्य प्रमाणित सामाजिक सञ्जालमार्फत आएका सूचनामात्र पछ्याउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =