इरानको आक्रमणबाट गोरखाका दिवस श्रेष्ठको दुबईमा मृत्यु
२०८२ फागुन १८ गते

गोरखा । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ ।
अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो ।
उनि मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाविस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ ।
राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।

२०८२ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








