इरानद्वारा रेभलूशनरी गार्डका नयाँ प्रमुखको नाम सार्वजनिक
२०८२ फागुन १७ गते

एजेन्सी । इरानको रेभलूशनरी गार्ड कोर (आईआरजीसी) का नयाँ चीफ कमान्डरमा अहमद वाहिदीको नाम सार्वजनिक भएको छ ।
उनका पूर्ववर्ती जेनरल मोहम्मद पाकपूर शनिवार अमेरिका तथा इजरेलको संयुक्त हमलामा मारिएका थिए ।
आईआरजीसी इरानको महत्त्वपूर्ण सैनिक, राजनीतिक तथा आर्थिक फौज हो, जुन नियमित सैनिकभन्दा फरक बल हो ।
यसअघि आईआरजीसीले सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्युको बदला स्वरूप सशक्त हमला गर्ने चेतावनी दिएको थियो । बीबीसी
२०८२ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








