पाँच हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५६ सय रुपैयाँले बढेको हो ।

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको छ । भने, चाँदी प्रतितोला २४५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =