भारतको जीडीपी ७ दशमलव ८ प्रतिशतले बढ्यो

भारत । भारतको अर्थतन्त्र अक्टोबर–डिसेम्बरकाे अवधिमा ७ दशमलव ८ प्रतिशतको बढेकाे छ । भारत सरकारले जारी गरेको तथ्यांकअनुसार यो वृद्धि नयाँ जीडीपी शृंखलामा आधारित छ । जसले आधार वर्षलाई २०११–१२ बाट २०२२–२३ मा परिवर्तन गरेको छ ।

अघिल्लो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा अर्थतन्त्र ८ दशमलव ४ प्रतिशतले बढेको थियो । यो तथ्यांक नयाँ जीडीपी शृंखलामा आधारित पहिलो रिलिज हो । यसअनुसार भारतकाे अर्थतन्त्र बढाउन उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रले प्रमुख भूमिका खेलेको देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seventeen =