अमेरिकी सेनाले इरानमा ‘ठूलो र निरन्तर आक्रमण’ सुरु गरेको छ : ट्रम्प
२०८२ फागुन १७ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमा ठूलो र निरन्तर आक्रमण जारी राखेको बताएका छन् । यसको उद्देश्य इरानको मिसाइलहरू नष्ट गर्नु र मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नु रहेको उनले उल्लेख गरेका छन् । यो घोषणा इरान र अमेरिका–इजरायलबीचको तनाव चर्किएको समयमा आएको हो ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा ठूलो आक्रमण गरेका छन् । जसमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरिएको छ । इरानले प्रतिकारमा इजरायल र क्षेत्रीय अमेरिकी आधारहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । यो घटनाले मध्यपूर्वमा ठूलो युद्धको सम्भावना बढाएको छ र अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ ।
२०८२ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








