अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर निष्काशन, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको रु.१०० अंकित दरका ५०,९८,०४० कित्ता शेयरको आधारमा रु.१०० कै दरमा ७६,४७,०६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो । यसबाट कम्पनीले रु.५०,९८,०४,००० बराबरको पूँजी संकलन गर्नेछ ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धमा दुवै पक्षबीच दुईपक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धक सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चरसमेत गरी २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन सम्पन्न गरिसकेको छ । सोही सेवा मार्फत हालसम्म रु.१९ अर्ब ३४ करोडभन्दा बढी रकम संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीले हकप्रद निष्काशन प्रक्रिया सम्बन्धी थप विवरण छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =