गोदरेजद्वारा २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर सार्वजनिक

काठमाडौँ । गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको छ ।
नेपाली परिवारहरूको दैनिक आवश्यकता, जलवायु र जीवनशैलीलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो उत्पादनले २३४ लिटरको क्षमतासँगै उन्नत स्वास्थ्य सुरक्षा र ऊर्जा दक्षता प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
यस Godrej RT GFE 250 मोडेलले नेपालमा हुने विद्युत् उतार–चढाव, खाना संरक्षणको चुनौती र स्वास्थ्य सुरक्षाको आवश्यकतालाई एकैसाथ सम्बोधन गरेको बताइएको छ ।
कम्पनीका अनुसार यो रेफ्रिजरेटर मध्यम आकारका नेपाली परिवारहरूको हप्ताभरिको खाना आवश्यकतालाई पूरा गर्ने क्षमता राख्दछ ।
साथै यसका प्रमुख विशेषताहरू निम्न अनुसार रहेका छन्:
- Built-in Stabilizer: विद्युत् ग्रिडको अनियमित भोल्टेजबाट स्वचालित सुरक्षा प्रदान गर्दछ, जसले उपकरणको आयु लामो बनाउँदै मर्मतसम्भारको झन्झटबाट मुक्ति दिन्छ ।
- Anti-B Technology: खाना सामग्रीलाई हानिकारक जीवाणुबाट सुरक्षा गर्दछ, जसले परिवारको स्वास्थ्य कायम राख्छ ।
- व्यवस्थित र ठूलो भण्डारण: व्यवस्थित र ठुलो भण्डारण ३ वटा Toughened ग्लास शेल्फ, १८ लिटरको भेजिटेबल बास्केट र २.५ लिटर बोतल शेल्फले नेपाली परिवारको विविध खाना सामग्री व्यवस्थित राख्न सहज बनाउँछ।
- ऊर्जा सक्षम डिजाइन: R600a रेफ्रिजरेन्ट प्रयोगले लामो समयसम्म विद्युत् खर्च घटाउँदै पर्यावरणमैत्री प्रदर्शन
दिन्छ। - स्लिम र टिकाउ बनावट: १.४४ meter उचाइ, ५९.७२ cm चौडाइ र ६९.५० cm गहिराइको स्लिम डिजाइनले भान्साको सीमित ठाउँमा पनि सहजै ठाउँ पाउँछ।
यो गोदरेज डबल डोर रेफ्रिजरेटर स्वास्थ्यप्रति सचेत गृहिणीहरू, र विद्युतीय समस्याबाट सुरक्षित टिकाउ उपकरण खोज्ने सबै उपभोक्ताहरूको लागि उपयुक्त रहेको कम्पनीले जानकारी दिएको छ ।
गोदरेज डबल डोर रेफ्रिजरेटर नेपालभर उपलब्ध छ । नेपालमा गोदरेज उत्पादनहरूको अधिकृत वितरक CG Electronics हो ।








