हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर्स फोर्स बनाउन ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमवार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलामा बोल्दै उनले आसन्न निर्वाचनलाई ध्यानमा राखेर हरेक बुथको सुरक्षाका लागि पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गर्नुपर्ने भएकाले त्यसको तयारी गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।

अध्यक्ष ओलीले निर्वाचनमा मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरु बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई अपिल गरे । उनले स्थानीय तहमा निर्माण गरिएको भोटेन्टियर्स फोर्सहरुले पार्टीको निर्णय र निर्देशन अनुसार काम गर्ने भएकाले उनीहरुलाई सोही अनुसार परिचालन हुने वातावरण बनाउनुपर्ने पनि स्पष्ट पारे । ‘गाउँगाउँमा, टोलटोलमा सुरक्षा समितिहरु बनाउनुहोस् । र नेशनल भोलेन्टियर्स फोर्स बनाउनका लागि पार्टीलाई सहयोग गर्नुस् । अर्को यो स्थानीय पार्टीले धेरै हस्तक्षेप गरेर चलाउन खोज्ने होइन । आफ्नै ढंगले जनसंगठनलाई चल्न दिनुपर्दछ । तर भोलेन्टियर्स फोर्सले स्थानीय पार्टीका निर्णयहरु, निर्देशनहरुसँग टकराएर काम गर्दैन । चुनावका लागि हरेक बुथमा ३० जना भोलेन्टियर कम्तिमा निर्माण गर्नुहोस् । र त्यस कुरालाई ध्यानमा राखेर अगाडि बढनुहोस्’ उनले भने ।

अध्यक्ष ओलीले देशको सुरक्षाका लागि सुरक्षा निकायलाई सहयोग गर्न पार्टीले भोलेन्टियर्स फोर्स निर्माण गर्नुपरेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =