सुरक्षा चुनौती बढेपछि वीरगञ्जमा कर्फ्यू लगाइयो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू लगाएका हुन् ।

कर्फ्यू क्षेत्रमा आवत-जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।

रौतहटको सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटेको छ । नागरिक समाजको अगुवाइमा गौर-६ सबगढामा शान्ति सद्‍भाव र्‍याली निकालिएसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश हटाएको हो । कर्फ्यु हटेलगत्तै गौरको जनजीवन समान्य बनेको छ । बिहेको बाजालाई लिएर भएको झडपले उग्र रूप लिएपछि प्रशासनले शनिबारदेखि गौरमा कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =