तराईमा उत्पन्न विवादबारे गृहमा केन्द्रीय सुरक्षा समितिको छलफल

काठमाडौँ । मुलुकको समसामयिक विषय, समग्र शान्तिसुरक्षा र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रही गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीको उपस्थिति छ ।

बैठकमा विशेषगरी तराई–मधेसमा देखिएको समस्या समाधानका साथै निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

उपयुक्त विषयमा छलफल भई आवश्यक निर्णय हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =