झलनाथ खनालको आह्वान- निर्वाचनलाई समाजवादी क्रान्तिको कार्यनीतिक अभियान बनाऔँ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनलाई समाजवादी क्रान्तिको कार्यनीतिक अभियानको रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपाको लक्ष्य वैज्ञानिक समाजवाद भएको बताए । उनले १ सय ६५ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई विजयी गराएर क्रान्तिकारी सरकार गठन गर्नुपर्नेमा जोड दिए । बहुमत नआए पनि प्रगतिशील, देशभक्त तथा समाजवादी शक्तिसँग मिलेर सरकार बनाउने, तर प्रतिक्रियावादीसँग कहिल्यै साँठगाँठ नगर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए ।

नेता खनालले देश गम्भीर संकटमा फसेको उल्लेख गर्दै अमेरिकी टोलीले होटल म्यारियटमा उत्तरी क्षेत्रका उम्मेदवारहरूसँग भेट गरेको घटनालाई विदेशी हस्तक्षेपको रूपमा प्रश्न उठाए । साथै, ६२र६३ को जनआन्दोलनलाई पुँजीवादी जनवादी क्रान्ति भएको भन्दै २० वर्षपछि पनि राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय संकट कायम रहेको बताए ।

उनले भने ‘अब यो चुनाव त एउटा कार्यनीतिक कार्यभार नै हो । हामी किन चुनावमा लागिरहेका छौँ भन्दाखेरि हाम्रो पार्टीका कार्यदिशा नीति सिद्धान्त घोषणा,कार्यक्रमहरू आदि आम जनताको बीचमा पुर्याउनको निम्ति, पहिलो कुरा । दोस्रो कुरा भनेको समाजवाद किन अनिवार्य छ देशमा रु यसको बारेमा व्याख्या गर्नको निम्ति आम जनताका बीचमा । दोस्रो क्रान्तिकारी जनमत निर्माण गर्नको निम्ति हामी चुनावी अभियानमा गइरहेका छौँ । चौथो पार्टी संगठन र जनसङ्गठनहरूलाई व्यापक रूपले विस्तार गर्नेका निम्ति चुनावी अभियान भनेको अवसर हो है कमरेडहरू संगठन बनाउने । हामी संगठन नबनाएर अभियान मात्रै भाषण मात्रै गरे हिड्यौं भने हामी यो अवसरलाई सदुपयोग गर्न सक्दैनौँ। यसलाई सदुपयोग भनेकै हर मान्छेलाई नयाँ ढंगले प्रभावित गर्ने र सङ्गठित गर्ने कामहरू हामीले यही सिलसिलामा गर्न सक्नुपर्छ । त्यस्तै अब बहुमत प्राप्त गर्ने सरकार हामीले बनाउने, बहुमत प्राप्त गर्न सकिएन भने अरू कमसेकम पनि समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सम्भव हुन्छ भने उनीहरूसँग मिलेर सरकार बनाउने । तर प्रतिक्रियावादी शक्तिहरूसँग कहिले पनि साँठगाँठ गर्नु हुँदैन । त्यो गर्ने बित्तिकै हाम्रो वर्ग दृष्टिकोण समाप्त हुन्छ । हामी वर्ग सम्झौता तर्फ जान थाल्छौँ । वर्ग आत्मसमर्पणतर्फ जान थाल्छौँ । अनि त्यसले पार्ने प्रभाव सारा देशैभर एकदमै नकारात्मक प्रभाव पार्छ। त्यसकारणले त्यो कुरामा हामी होसियार हुनुपर्छ । त्यस्तो अनि सडक र सदन। यदि हामी बहुमत ल्यायौँ हामीले सडक र सदनबाट यिनै कुराहरू जो अहिले हामीले समाजवादका आधार तयार पार्ने कुराहरू गर्‍यौँ समाजवादबाट मात्रै हाम्रो भविष्य उज्यालो हुन्छ भन्ने कुराहरू गयौँ ती कुराहरूलाई प्राप्त गर्नको लागि हामीले सडक र सदनबाट व्यापक रूपले जनतालाई जागृत गर्ने सङ्गठित गर्ने आवश्यकताअनुसार आन्दोलित गर्ने यी सबै कामहरू गर्नुपर्ने हुन्छ । यदि हामी प्रतिपक्षमा छौँ भने अर्को पटक आउँछ नि त चुनाव। हामी त्यतिबेला बहुमत ल्याउँछौँ । तर एकचोटि आइहाल्यो अब मन्त्रीमा पुगिहालौँ केही कुरा गरिहालौँ केही खाइहालौँ भन्ने जस्तो कुरा भयो भने त्यो त्यसले पार्टीलाई नै सिध्याउँछ आन्दोलन सिध्याउँछ। यो बीचमा यो कम्युनिस्ट आन्दोलनमा आएका सारा बिखराव विभाजन विखण्डन त्यही कारणले । त्यस बारेमा समीक्षा गरौँ सबैले। त्यसकारणले अब मुलुकको राष्ट्रियतालाई मुलुकको सार्वभौमसत्तालाई हैन मुलुकको क्षेत्रीय अखण्डतालाई सुदृढ गर्नको निम्ति हामी यो चुनावी अभियानमा गइरहेका छौँ जनतालाई जागृत सङ्गठित गरिरहेका छौँ यसका निम्ति हाम्रो यो चुनावी अभियान हो । त्यसकारणले हामी यी चिजहरूलाई उद्देश्य बनाएर हामी अगाडि बढौँ भन्ने कुरामा हामी जानुपर्ने हुन्छ । अब समाजवाद नै किन भन्ने प्रश्न उठ्यो भने मान्छेले मान्छे माथि गरिरहेको शोषणलाई अन्त्य गर्नको लागि समाजवाद ।’

समाजवादका लागि क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति ९आधुनिकीकरण, यान्त्रिकीकरण०, राष्ट्रिय औद्योगिकीकरण, शिक्षा–स्वास्थ्य सुधार, उत्तरी नाका खोल्ने तथा भ्रष्टाचार–बेरोजगारी अन्त्य आवश्यक रहेको बताए । निर्वाचनलाई जनमत निर्माण, संगठन विस्तार र क्रान्तिकारी बाटो मजबुत बनाउने अवसरको रूपमा उपयोग गर्न कार्यकर्तालाई आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =