बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालय मा उजुरी परेको छ ।

शुक्रबार काठमाडौं–३१ का युवराज सफलले मन्त्रालयमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा शाहले आफूखुसी थर परिवर्तन गरेको दाबी गर्दै उनको नागरिकता रद्द गर्न माग गरिएको छ ।

उजुरीअनुसार बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर उल्लेख भए पनि २०७९ असार १९ गते काठमाडौं महानगरपालिकाको मेयर भएपछि नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको आरोप लगाइएको छ ।

झुटो विवरण पेश गरी थर परिवर्तन गरिएको दाबी गर्दै उजुरीकर्ताले कानुनबमोजिम नागरिकता रद्द गर्नुपर्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =