एमालेको झण्डा जलाएकोप्रति अनेरास्ववियुको आपत्ति, कारबाहीको माग

काठमाडौं। अनेरास्ववियुले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । संगठनले उक्त घटनाले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पुर्‍याएको ठहर गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीले जारी गरेको विज्ञप्तिमा राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरूको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कारविपरीत भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । ‘सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिन चाहन्छ,’ अध्यक्ष धामीले विज्ञप्तिमार्फत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =