१० लाख वार्षिक आम्दानीसम्म कर छुट दिने काँग्रेसको प्रतिज्ञा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा प्रतिज्ञा गरे । अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनले प्रतिज्ञा गरे ।

करका सबै प्रकारका दरहरूलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको उनले सुनाए ।

उनले भने ‘नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउँदैन । यसको लागि हामीले नीतिमै सुधार गर्न आवश्यक छ । हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौँ ।’

उनले संविधान कार्यान्वयनका लागि हामी प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =