जेलेनस्कीद्वारा युद्ध समाप्त गर्न रूसमा थप अमेरिकी दबाबको आह्वान

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् ।

यद्देपी आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बैठकमा भाग लिन तयार रहेको पुष्टि गर्दै गत महिनामा दुई चरणको त्रिपक्षीय वार्ता पछि सफलता हासिल गर्न नसकेको जिकिर गरेका छन् ।

यसको जिम्मेवार युक्रेन मात्र नभई अमेरिका पनि भएकाले आगामी वार्ता सफल बनाउन रूस माथि दबाब दिनु पर्ने बताएका छन् ।

यस अघि नै राष्ट्रपति जेलेन्स्कीले अमेरिका जुन सम्ममा रूस र पुक्रेनको बीचको चार वर्ष लामो युद्ध समाप्त गर्न चाहेका बताएका थिए ।

रूसी विदेश मन्त्री सेर्गेया लाभ्रोभले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता अझै जारी रहेको तर धेरै समन्वयहरु गर्ने बाँकी रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =