राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित
२०८२ माघ २६ गते

काठमाडौं । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ ।
सोमवार बसेको सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रश्तुत गरेका गर्नुभएको थियो ।
यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो ।
यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ५ वैशाख २०८२ मा दर्ता गराएका थिए ।
२०८२ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








