काँग्रेस सांसद शर्माको आशंका– असंलग्न र एक चीन नीति कमजोर बनाइँदैछ कि ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद युवराज शर्माले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाएका छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उनले सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाएका हुन् ।

उनले विगतका सरकारहरू असंलग्न परराष्ट्र नीति तथा एक चीन नीतिप्रति सचेत रहेको उल्लेख गर्दै वर्तमान सरकारले ती आधारभूत नीतिहरू कमजोर बनाउने हो कि भन्ने चिन्ता सर्वत्र रहेको बताए ।

उनले केवल प्रथम महिला प्रधानमन्त्री भनेर इतिहासमा नाम लेखिनु मात्र पर्याप्त नहुने भन्दै इतिहास रच्न सक्नेगरी कार्यसम्पादन गर्न आवश्यक रहेको धारणा राखे ।

नागरिकको एकमात्र र प्रमुख माग निष्पक्ष निर्वाचन रहेको उल्लेख गर्दै त्यसका लागि संविधानका पक्षधर शक्तिहरू एकजुट भएर कडा र स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने उनको जोड छ ।

वर्तमान सरकारले सबै छिमेकी मित्रराष्ट्रहरुसँगको सम्बनध समेत भताभुङ्ग पार्नसक्ने आशंका व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =