रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएको छ: स्वर्णीम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम वाग्लेले परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको बताएका छन् । रास्वपा तनहुँ–काठमाडौँ सम्पर्क विभागद्वारा शनिवार आयोजित ‘बृहत् एवं जेनजी भेला’ मा उनले रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएर युवा सहभागिता बढाएको बताएका हुन् ।

आगामी फागुन २१ गते हुने निर्वाचन पुस्तान्तरणको निर्वाचन भएको उपसभापति वाग्लेको भनाइ छ । लोकतन्त्रमा प्रस्ट बहुमत आवश्यक पर्नेमा जोड दिँदै वाग्लेले पार्टीलाई बहुमतका साथ विजयी गराउन मतदातासँग आग्रह गरे ।

हाल देशभरका ७७ जिल्ला तथा ५५० पालिकासहित ३८ देशमा रास्वपाको सङ्गठन विस्तार भइसकेको उपसभापति वाग्लेले जानकारी दिए । उनका अनुसार हाल रास्वपाको देशभर तीन लाख सक्रिय सदस्य छन् । पार्टीले सुशासन, भ्रष्टाचार विरोधी अभियान, सडक, हवाई सञ्जाल, इन्टरनेट सेवा र ऊर्जालाई प्राथमिकता दिएको वाग्लेले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =