दुर्गा प्रसाईं काठमाडौंबाट पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

नेपाल प्रहरीले उनलाई काठमाडौंको चोभर क्षेत्रबाट पक्राउ गरेको हो । शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

यसअघि पनि प्रसाईं माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई काठमाडौं ल्याइएको थियो । तर, माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।

प्रसाईंको पछिल्लो पक्राउबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =