बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुच्र्यौँडी नगरपालिका–७ बडगाउँ मोडमा आज दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।

पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए । अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =