इरानको राजधानीमा आगलागी

काठमाडौं । इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार मंगलबार राजधानी तेहरानको एक बजारमा भीषण आगलागी भएको छ । तेहरान बारुण यन्त्र विभागका प्रवक्ता जलाल मालेकीलाई उद्धृत गर्दै इर्नाले जनाएअनुसार पश्चिमी तेहरानको जन्नत आबाद क्षेत्रमा आगलागी भएको थियो ।

खबर प्राप्त हुनासाथ पाँचवटा बारुण यन्त्र केन्द्रबाट अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । मालेकीका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । करिब २ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको एउटा टहराबाट आगो सुरु भएको थियो ।

तेहरानको आपतकालीन चिकित्सा सेवा संगठनका प्रवक्ता शेर्विन ताब्रिजीले घाइतेहरूलाई अस्पताल लैजान चारवटा एम्बुलेन्स र एउटा एम्बुलेन्स बस परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =