एक सय ३७ गोही प्रकृतिमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक वासस्थानमा छाडिएको छ ।

पछिल्लो पटक सोमबार २० गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक वासस्थानमा छाडिएको हो ।

ती गोही राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । उनका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक वासस्थानमा छाड्ने गरिन्छ । यस पटक छोडिएका गोहीहरू सबै पोथी रहेको उनले जानकारी दिए ।

उनका अनुसार केन्द्रमा हुर्काएर दुई हजार २०७ गोही हालसम्म नदीमा छाडिएको छ । केन्द्रमा नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डा र केन्द्रमा नै रहेका गोहीबाट जन्मिएका बच्चाहरूलाई हुर्काएर प्राकृतिक वासस्थानमा छाड्ने गरिन्छ ।

अहिले केन्द्रमा ६३० गोही रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =