अमेरिका र भारतबीच ऐतिहासिक व्यापार सम्झौताः ट्रम्पद्वारा भन्सार महसुल घटाउने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताअनुसार संयुक्त राज्य अमेरिकाले भारतमाथि लगाउँदै आएको २५ प्रतिशतको तथाकथित ‘पारस्परिक भन्सार महसुल’ लाई घटाएर १८ प्रतिशतमा झार्ने भएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसँगको मित्रता र सम्मानका कारण यो निर्णय लिएको बताएका छन् । सम्झौताको बदलामा भारतले पनि अमेरिकाविरुद्धका भन्सार र गैर–भन्सार अवरोधहरूलाई शून्यमा पुर्याउने सहमति जनाएको छ ।

यसका साथै, प्रधानमन्त्री मोदीले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी उत्पादनहरू खरिद गर्ने बाई अमेरिकन नीतिप्रति प्रतिबद्धता जनाएका छन् । ट्रम्पका अनुसार भारतले रुसी तेल खरिद गर्न बन्द गर्ने र त्यसको सट्टा अमेरिका र सम्भावित रूपमा भेनेजुएलाबाट तेल खरिद गर्ने सहमति गरेको छ । यसअघि रुसी तेल खरिद गरेको भन्दै अमेरिकाले भारतमाथि अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =