मधेस प्रदेशमा आज सार्वजनिक बिदा
२०८२ माघ १८ गते

काठमाडौं । मधेस प्रदेश सरकारले आज (माघ १८ गते आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
रविदास जयन्ती (माघ पूर्णिमा)का अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए ।
मधेसमा दलित तथा सीमान्तकृत समुदायले रविदास जयन्ती मनाउने गरेका छन् ।
रविदास जयन्ती मनाउने समुदायको सम्मानस्वरुप सार्वजनिक बिदा दिने निर्णय गरिएको मधेस सरकारले जनाएको छ ।

२०८२ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित








