मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान

जनकपुरधाम । मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म ३०० भन्दाबढीले मतदान गरेका छन् ।

राष्ट्रियसभाको चार वटा सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेस–प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता छन् ।

राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =