संघीय सरकारमा विज्ञहरूलाई मन्त्री बनाउने व्यवस्था गर्नुपर्छ: मोहम्मद खालिद

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले विज्ञहरू मन्त्री बन्नुपर्ने प्रस्ताव गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभाको १९ औँ अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सांसद खालिदले सांसदहरू मन्त्री बनेका कारण सांसद खरिद विक्रीदेखि राजनीतिक दलहरू विभाजन हुने लगायतका विकृति भित्रिएको जिकिर गर्दै अव उनीहरूलाई मन्त्री नबनाउने व्यवस्था गर्न आवश्यक रहेको तर्क गरे ।

उनले विकसित देशहरूमा पनि सांसदहरू मन्त्री नहुने व्यवस्था रहेको र त्यस्तो व्यवस्था नेपालका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे । सांसद खालिदले जनताको अभिमतको अपमान गर्ने काम सांसदहरूलाई मन्त्री बनाउने क्रममा भएकाले त्यस्तो व्यवस्था हटाउनुपर्ने अवस्था आएको समेत बताए ।

उनले भने ‘मन्त्री बन्नका लागि किन सांसद चाहियो रु संसारका धेरै देशमा यो प्राक्टिस छैन । विकसित राष्ट्रहरूमा यो प्राक्टिस छैन । यो सांसद विक्री, राजनीतिक दलको तोडफोड र जनताको अभिमतको अपमान यो सांसद मन्त्री हुने खेलको कारणले हो । सङ्कल्प गरौँ र राष्ट्रिय सभाबाट हामी तयार गरौैं । अव सांसद मन्त्री बन्दैन । विज्ञ मन्त्री बन्ने व्यवस्था गरौँ ।’

सांसद खालिदले राष्ट्रिय सभाले सांसदहरूलाई मन्त्री नबनाउने व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =