लताफा ब्राण्डका पर्फ्युम अब नेपाली बजारमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा प्रसिद्ध लताफा ब्राण्डका पर्फ्युम नेपाली बजारमा ल्याइएको छ । इना सेन्टरले उक्त पर्फ्युम नेपाली बजारमा ल्याएको हो ।

इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले लताफाका प्रोडक्टहरू अब नेपालभर उपलब्ध गराउन लागिएको बताए । उनका अनुसार यूएईको ख्यातिप्राप्त ब्राण्ड रहेकाले सबैभन्दा धेरै बिक्ने प्रोडक्टलाई नेपालमा भित्र्याउन सफल भएको बताए । उनले सस्तो सुलभ रूपमा लताफाका ब्रान्डहरू पाइने हुँदा यो संसारभर रुचाइएको बताए ।

इना सेन्टरका प्रबन्ध निर्देशक बर्तौलाले भने, ‘यूएईको ख्यातिप्राप्त विश्वभर रुचाइएको ब्रान्ड बजारमा ल्याइसकेका छौँ । सुलभ मूल्यमा गुणस्तरीय लताफा ब्राण्डका पर्फ्युम हामीले भित्राइसकेका छौँ । अबदेखि नेपालभर अनलाइनदेखि सबैतिर आम नेपालीको पहुँच पुग्नेगरी बजारमा ल्याइएको छ ।’

नेपाली बजारमा लताफाका पर्फ्युम आइसकेकाले सबैले रुचाउनेमा आफूहरू आशावादी रहेको बर्तौलाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =