आशिष शर्मा किन कपिलवस्तु-१ मा ?

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा यतिबेला आशिष शर्माको चर्चा चुलिएको छ । उनलाई केवल एक राजनीतिक पात्रका रूपमा मात्र नभई, समृद्धिको स्पष्ट मार्गचित्र र कार्यक्षमता बोकेका एक दूरदर्शी नेतृत्वका रूपमा हेरिएको छ । पार्टीको औपचारिक निर्णयले उनलाई अवसर नदिए पनि, उनको व्यक्तित्व, कार्यशैली र जनताप्रतिको प्रतिबद्धताले उनलाई जनमानसमा अझ स्थापित गराएको छ ।

उनको परिचय केवल पूर्व राजदूत दीपकुमार उपाध्यायको छोरा हुनुमा मात्र सीमित छैन । आफ्नो कडा परिश्रम, अनुशासन र क्षमताका कारण उनले समाजमा एक सशक्त र स्वाभिमानी व्यक्तिका रूपमा स्थान बनाएका छन् । वंशको विरासतभन्दा कर्मको पहिचानलाई प्राथमिकता दिने उनको जीवन यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

आशिष शर्मा राजनीतिमा मात्र होइन, नेपालको व्यवसायिक र वित्तीय क्षेत्रमा समेत गहिरो अनुभव राख्ने व्यक्तित्व हुन् । हाल उनी हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा कार्यरत छन् भने यसअघि नबिल बैंकमा पनि सञ्चालकको जिम्मेवारी सफलतापूर्वक निभाएका थिए । त्यस्तै, चौधरी ग्रुप (सीजी) मा जनरल म्यानेजरका रूपमा काम गर्दा उनले उत्कृष्ट व्यवस्थापकीय क्षमता प्रदर्शन गरिसकेका छन् । बैंकिङ, लगानी र आर्थिक नीतिको गहिरो बुझाइ भएको व्यक्ति राजनीतिमा आउनुलाई विकास र सुशासनका लागि सकारात्मक संकेत मानिएको छ ।

दैनिक १२ देखि १४ घण्टासम्म परिश्रम गर्ने शर्मा एक सफल उद्यमी पनि हुन् । उनले आफ्ना विभिन्न उद्यममार्फत थुप्रै युवालाई रोजगारी प्रदान गरेका छन् । ‘विदेश होइन, स्वदेशमै भविष्य’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्नु उनको मुख्य प्राथमिकता रहेको छ ।

त्यस्तै, उनले कपिलवस्तुको कृषि क्षेत्रको सुधारमा पनि विशेष जोड दिएका छन् । परम्परागत खेती प्रणालीलाई विस्थापित गरी आधुनिक प्रविधि, वैज्ञानिक प्रणाली र बजारमुखी सोच गाउँ-गाउँसम्म पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । जैविक मलको प्रयोग, अत्याधुनिक कोल्ड स्टोरेजको स्थापना र उन्नत बालीको प्रवर्द्धनमार्फत किसानको लागत घटाएर आम्दानी बढाउन सकिने उनले बताए ।

राजनीतिलाई पद प्राप्तिको माध्यम मात्र ठान्ने प्रवृत्ति विपरीत शर्माले यसलाई सेवा र त्यागको यात्राका रूपमा व्याख्या गरेका छन् । पार्टीको निर्णयले उनलाई रोक्न खोजे पनि सत्य र निष्ठाको राजनीति गर्ने व्यक्तिहरू ढिलो भए पनि स्थापित हुने उनको विश्वास छ । उनले राजनीतिमा विचारसँगै परिणाम दिने शक्ति हुनुपर्नेमा जोड दिए ।

समय सधैँ सत्यको पक्षमा रहने भन्दै कपिलवस्तुका जनताले अब विवेकपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ । उनले आफ्नो लक्ष्य कपिलवस्तुको सर्वाङ्गीण विकास र युवामैत्री वातावरण निर्माण गर्नु रहेको बताए ।

आशिष शर्मा केवल चुनाव जित्ने होडमा मात्र छैनन्, बरु उनी कपिलवस्तुको भविष्य बदल्ने एउटा दुरगामी सोचका साथ अघि बढेका छन् । उनको अनुभव, क्षमता र जनसेवाप्रतिको समर्पणले उनलाई त्यस क्षेत्रको एक आशालाग्दो र उदयमान युवा नेताका रूपमा उभ्याएको छ ।

प्रतिक्रिया

One thought on “आशिष शर्मा किन कपिलवस्तु-१ मा ?

  1. पत्रकार मित्रले सार्है गहन अध्ययन गर्नु भएको रहेछ।
    सहि छ।
    उच्च शिक्षा ग्रहण गरि विदेशमा करोडौं रुपैया कमाउने अवसर छाडी आफ्नै कृषि प्रधान देश मा कृषि मार्फत नै देश विकास गर्न सकिन्छ भन्ने सोच राखी सोहि अनुकुल आफ्नै थलोमा आधुनिक कृषि, अत्याधुनीक कोल्ड स्टोरेज लगायतको शुरुवात गरि युवा हरुलाई विदेश पलायन हुन बाट रोक्ने जमर्को गर्ने आशिष शर्मा आगामी निर्वाचन मा अवश्य नै निर्वाचित हुनुहुनेछ।
    हार्दिक शुभकामना एवं अग्रिम बधाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =