प्रकाशशरण महतले भनेः टिकट पाएको छैन, हल्ला मात्रै चलाइयो

काठमाडौं । नेपाली कांग्रेसका देउवा पक्षका नेता डा.प्रकाश शरण महतले आफूले अहिलेसम्म टिकट नपाएको बताएका छन् ।

सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा महतले टिकट पाएको चर्चाकाबीच उनले आफूले टिकट नपाएको बताएका छन् ।

मकालुखबरसँग कुरा गर्दै उनले टिकट कसले र कता वितरण गर्दै छ भन्ने समेत थाहा नभएको बताए । ‘मलाई टिकटको बारेमा केही थाहा छैन, मलाई खबर पनि आएको छैन, सामाजिक सञ्जालमा हल्ला मात्रै चलाइएको हो’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =