कांग्रेसमा आरजु राणा देउवाले पाइनन् टिकट

काठमाडौं । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

शाह कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् भने उनी कांग्रेस कैलालीका पूर्वसभापतिसमेत हुन् ।

उक्त क्षेत्रमा शाहसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड उम्मेदवारका रूपमा सिफारिस भएका थिए । तर पूर्वमन्त्रीसमेत रहेकी राणाले यसपटक टिकट पाउन सकिनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =