दाङ–२ बाट रास्वपाका सहमहामन्त्री आचार्य उम्मेदवार
२०८२ माघ ५ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री विपीनकुमार आचार्यलाई दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
आचार्यले आफूलाई दाङ–२ बाट उम्मेदवारीका लागि पार्टीको टिकट प्राप्त भएको जानकारी दिएका छन् । यसअघि उनलाई काठमाडौं क्षेत्र नम्बर २ र ४ बाट उठाइने चर्चा चलेको थियो ।
दाङ–२ मा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल उम्मेदवार छन् । यससँगै आचार्य र पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
२०८२ माघ ५ गते
प्रतिक्रिया








