प्रचण्डले बामदेव गौतमलाई दिएनन् टिकट

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्य बन्ने तयारीमा रहेका बामदेव गौतमले चुनाव नलड्ने निर्णय गरेका छन् ।

प्रचण्डले बर्दियाको टिकट नदिएपछि उनले चुनाव नलड्ने निर्णय लिएका हुन् । उनी बर्दिया १ बाट चुनाव लड्न चाहन्थे तर प्रचण्डले त्यहाँ विष्णु प्रसाद थारु र बर्दिया २ बाट सुरेश पन्तलाई उम्मेदवार बनाए ।

नेता गौतमले राष्ट्रिय सभा सदस्यको पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य बन्ने तयारी गरिरहेका थिए ।

२०७४ सालमा बर्दिया १ बाट चुनाव हारेपश्चात् उनी राष्ट्रिय सभामा पुगेका थिए । उनको कार्यकाल आगामी फागुन २० गतेसम्म हुने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =