मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ, यस्तो छ कारण

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।

उनलाई निर्वाचन बहिस्कार, विभिन्न आन्दोलन सञ्चालन र सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्ने योजना बनाएर रकम लगानी गरेको आरोप लागेको छ ।

निर्वाचन आयोगका अनुसार, प्रसाईंले सरकारी वेबसाइड ह्याक गर्ने र डाटा चोरी गर्ने योजनासमेत तयार पारेको अडियो सार्वजनिक भएको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईं सोमबार कार्यक्रमका लागि पोखरा आएका थिए ।

कास्की प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रानुसार उनलाई पक्राउ गरेको र अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरेको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रसाईंले सामाजिक सञ्जालमार्फत पनि कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति सार्वजनिक गरेका थिए । उनी नागरिक बचाउ अभियान तथा राजावादी कार्यक्रमको नेतृत्व गर्दै आएका छन् ।

उनले पछिल्लो समय राजसंस्था पुनस्र्थापना र हिन्दु अधिराज्य स्थापना, प्रदेश संरचना खारेज जस्ता मागसहित आन्दोलनको नेतृत्व गरेका थिए । यसअघि २ माघमा सरकारले उनीसँग १२ बुँदे सम्झौता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =