रैथाने ज्ञान, सीप र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा रहेका रैथाने ज्ञान, सिप र संस्कृतिको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएकी छन् ।

तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले ल्होसारसँग जोडिएको पञ्चतत्व र स्वास्थ्य जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान विज्ञान र जीवनपद्धति पक्षलाई उजागर गर्ने बताइन् ।

उनले मौलिक ज्ञान तथा संस्कृतिहरूलाई संरक्षण गरी नयाँ पीढीलाई हस्तान्तरण गर्नु आजको आवश्यकता रहेको औँल्याइन् । उनले सरकार सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र भेषभुषाको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् ।

उनले भनिन् ‘ल्होसारसँग जोडिएको पञ्चतत्व र स्वास्थ्य जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान विज्ञान र जीवनपद्धतिको गहिरो पक्षलाई उजागर गर्दछ । यस्ता रैथाने ज्ञान सिप र संस्कृतिको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गरेर जानुपर्छ । नेपाल सरकार सबै समुदायका मौलिक पर्व भाषा, संस्कृति, भेषभुषाको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।’

उनले विभिन्न जातजातीका मौलिक पर्वको कार्यक्रम सञ्चालन गर्नको लागि आगामी दिनमा राज्यले सहयोग गर्ने पनि बताइन् । माघी, ल्होसार, सङ्क्रान्ति लगायतका पर्व मनाउनको लागी सहयोग गर्नेगरि सरकारले विशेष निर्णय गर्ने उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =