टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहले एमाले छाडे

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा तथा पूर्वसांसद यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन् ।

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको टिकट नपाउने पक्का भएपछि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

एमालेले रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि शाह असन्तुष्ट बनेका थिए । उनी उक्त क्षेत्रबाट उम्मेदवारका आकांक्षी थिए ।

राजीनामा पत्रमा शाहले पार्टीभित्र अवसरवाद हावी भएको उल्लेख गर्दै अब पार्टीमा बस्न औचित्य नरहेको बताएका छन् । उनले पार्टीमा प्रवेश गरेयता कुनै जिम्मेवारी वा अवसर नपाएको गुनासोसमेत गरेका छन् ।

शाहले नौ वर्षअघि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए । उनी २०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =