प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदै, मंगलबार उम्मेदवारी दर्ता गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ रुकुमपूर्व जाने भएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ताको कार्यसूची छ ।

नेकपा रुकुमपूर्वका अनुसार प्रचण्डको स्वागतको सम्पूर्ण तयारी पूरा भइसकेको छ । पार्टीका रुकुमपूर्व इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्डको कार्यतालिका समेत तय भइसकेको छ ।

प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेपछि बुधबार मात्रै काठमाडौं फर्कने कार्यतालिका छ । यस क्रममा उनले जिल्लाका नेता तथा कार्यकर्तासँग विशेष राजनीतिक छलफल र परामर्श गर्ने कार्यक्रम पनि रहेको वलीले जानकारी दिए ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक भने सुरक्षित क्षेत्रको खोजी गर्दै जनयुद्धको आधारभूमि मानिने रुकुमपूर्वबाट उम्मेदवारी दिन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =