निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैन: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको बताएका छन् ।

सोमवार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्न अझै नसकेको बताएका हुन् ।

विभिन्न प्रकारका आपराधिक घटनाहरू अझै समाजमा भइरहेकाले सुरक्षा प्रबन्ध कमजोर रहेको स्पष्ट हुने उनको दाबी छ । अध्यक्ष ओलीकाअनुसार निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ । नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने बताए ।

उनले भने ‘सुरक्षा प्रबन्ध राम्रो हुन अझै सकेको छैन । विभिन्न अपराधका घटना अझै भइरहेका छन् । निर्वाचन आयोगमाथि समेत प्रश्नचिन्ह उठ्ने अवस्था भइरहेको छ । यस्तो अवस्था छ । जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ । त्यसमा कुनै समस्या छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ । अझै त्यो स्थिति बनिसकेको छैन ।’

अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर पाँच कुनैपनि हिसाबले निर्वाचनको इपि सेन्टर नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =