पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोइरालाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईराला पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन आफ्ना पक्षका नेताहरुलाई निर्देशन दिएका छन् ।
आईतवार काठमाडौंमा आफूपक्षिय नेताहरुको भेलामा बोल्दै उनले पार्टीको विवादबारे सर्वोच्चमा मुद्दा गएको भएपनि निर्वाचनमा होमिन निर्देशन दिएका हुन् ।
भेलामा सहभागी एक नेताले अदालतले जे आदेश दिएपनि मान्ने गरी अहिले आफ्नो जिल्ला क्षेत्रमा जान नेता कोईरालले भन्नुभएको बताए । भेलामा नेता कोईरालाले अहिले निर्वाचन आयोगको निर्णय कार्यन्वयनमा गैसकेको हुँदा पार्टीले गर्ने उम्मेदवार चयनको प्रक्रिया र निर्वाचनमा पार्टीलाई जिताउने कार्यमा लाग्नुहुन सबैलाई अनुरोध गर्नुभएको पनि उहाँले जानकारी दिए । ‘मुलुकमा भएको संविधान संकट र पार्टीभित्र भएको जटिल परिस्थितिमा पार्टीका उम्मेदवारहरुलाईअग्रणी रुपमा रहेर सहयोग गर्न र निर्वाचित गराउन आग्रह गर्छु’ नेता कोईरालाले भने ।
शुक्रवार नेपाली काँग्रेसको आधिकारिकताबारे आयोगले बहुमतबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो ।
त्यससँगै शेरबहादुर देउवा पक्ष विरोधमा छ । देउवा पक्षले सर्वोच्च अदालतमा आज रिटदर्ता गराइसकेको छ ।
भेलामा नेता कोईरालाले निर्वाचनसँगसँगै आगामी १५ औं महाधिवेशनमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गरेको पनि ती नेताले जानकारी दिए ।
नेपाली काँग्रेसनेले नेपाली जनताको सार्वभौम अधिकार रक्षा गर्न सधैँ निरन्तर लागिरहनु पर्ने भन्दै निर्वाचनमा ध्यान केन्द्रित गरेर आफ्नो भूगोल क्षेत्रमा जान आग्रह गरेको एक नेताले जानकारी दिए ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357








